सत्ता गठबन्धनकाे बैठक बस्दै, जसपाका मन्त्रीबारे छलफल हुने

बकैया दर्पण संवाददाता
२५ आश्विन २०७९, मंगलवार १३:०३

मकवानपुर । सिट बाँडफाँट गर्न बनेको कार्यदलका सदस्यसहित सत्तारुढ गठबन्धन दलको बैठक बस्दैछ । बागी उम्मेदवार र जसपाका मन्त्री हटाउनेबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको हो ।

बैठक मंगलबार दिउँसो २ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनुभयाे । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा जसपाले एमालेसँग चुनावी तालमेल गरेको छ ।

सत्तामा बसेर विपक्षीसँग चुनावी तालमेल गरेपछि जसपाको कार्यशैलीलाई लिएर गठबन्धनभित्रै प्रश्न उठेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहेका जसपाका चार मन्त्री हटाउने समेत तयारी थाल्नुभएकाे छ ।

यस्तै, पार्टी टिकट नदिएपछि सहमति विपरित सत्ता गठबन्धन दल भित्रैबाट कतिपय स्थानमा बागी उम्मेदवारीहरु परेकाले त्यसबारे समेत गठबन्धनले छलफल गरेर उम्मेदवारी फिर्ता गर्न लगाउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*