गोरखाबाट प्रचण्डको उम्मेदवारी दर्ता

बकैया दर्पण संवाददाता
२३ आश्विन २०७९, आईतवार १५:२३

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँले गोरखा २ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो । डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । प्रचण्डलाई साथै लिएर समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई गोरखा पुग्नुभएको थियो ।

माओवादीले गोरखा– २ मा अध्यक्ष प्रचण्डलाई उठाउने निर्णय गरेको हो । २०७४ को चुनावमा प्रचण्ड चितवन– ३ बाट निर्वाचित हुनुभएको थियो । अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येक पटक क्षेत्र फेर्दै आउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*