एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा रौतहट–१ मा मनोनयन दर्ता

बकैया दर्पण संवाददाता
२३ आश्विन २०७९, आईतवार १५:०४

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गराउनुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले रौतहट–१ बाट सत्तारुढ गठबन्धनको साथमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेर मनोनयन दर्ता गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*