उम्मेदवारी मनोनयन दर्ता देशैभर शुरू

बकैया दर्पण संवाददाता
२३ आश्विन २०७९, आईतवार ११:००

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि देशैभरबाट मनोनयन दर्ता शुरू भएको छ ।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ। यसका लागि उम्मेदवारहरु मनोनयन दर्ता गराउन प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगिसकेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले मनोनयन दर्ता गर्न जाँदा १३ किसिमका कागजात संलग्न गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गर्नुभएको थियो ।

प्रधानमन्त्रीको तर्फबाट उहाँका पत्नी पत्नी आरजु राणाले देउवाले वारेस मार्फत् मनोनयन दर्ता गर्दै हुनुहुन्छ। एमाले अध्यक्ष केपी शर्मा ओली झापा पुग्नुभएको छ । उहाँले झापा ५ बाट उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाबुराम भट्टराईसहित गोरखा पुग्नुभएको छ । उहाँले गोरखा २ बाट उम्मेदवारी दिने हुनुभएको हो। त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहट १ बाट उम्मेदवारी दर्ताका लागि त्यहाँ पुगिसक्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*