अब राप्रपाका वरिष्ठ उपाध्यक्षमा रवीन्द्र मिश्र

बकैया दर्पण संवाददाता
११ आश्विन २०७९, मंगलवार १३:०९

मकवानपुर । विवेकशील साझा पार्टीका पूर्वसंयोजक रवीन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष बनेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने हुनुभएको छ । उहाँ बुधबार काठमाडौंमा एक औपचारिक कार्यक्रममार्फत राप्रपामा प्रवेश गर्न लाग्नुभएको हो।

राप्रपा प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठका अनुसार मिश्र वरिष्ठ उपाध्यक्ष बनेर राप्रपामा प्रवेश गर्नु हुनेछ । राप्रपा प्रवेश गरेपछि उहाँको वरीयता के हुन्छ भन्ने खुलाइएको छैन ।

मिश्र साझा पार्टीका अध्यक्ष तथा विवेकशील नेपाली दलसँग एकीकरणपश्चात् पार्टी संयोजक बन्नुभएको थियो । स्थानीय तह निर्वाचनमा पार्टी पराजित भएपछि संयोजक पदबाट राजीनामा दिँदै साधारण सदस्य बन्नुभयो । साधारण सदस्यबाट पनि उहाँले केही दिनअघि राजीनामा दिनुभएको थियो ।

‘विचारभन्दा माथि देश सिद्धान्त’ भन्दै उनी राजसंस्थाको पक्षमा खुल्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*