निर्वाचन आयोगले उम्मेदवारको खर्चबारे दलहरुसँग छलफल गर्दै

बकैया दर्पण संवाददाता
११ आश्विन २०७९, मंगलवार १०:४०

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्चको सीमाबारे आज मंगलबार राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।

प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई खर्च सीमाबारे छलफल गर्न आयोगले बोलाएको छ । २०७४ को निर्वाचनमा प्रदेश सभातर्फ प्रति उम्मेदवार १५ लाख र प्रतिनिधि सभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकिएको थियो । त्यसको आधार पुष्टि नहुने भन्दै विरोध भएपछि आयोगले खर्च सीमाबारे नयाँ प्रस्ताव अघि सारेको हो ।

निर्वाचन क्षेत्रको मतदाता संख्या, निर्वाचन क्षेत्रको भूगोलको क्षेत्रफल र ०७४ देखि ०७९ सालसम्म भएको मुद्रा स्फितिको दरलाई आधार बनाइएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ ०७४ को भन्दा प्रति उम्मेदवार सात लाख रुपैयाँसम्म बढी खर्च बढाउने प्रस्ताव गरिएको छ । नयाँ प्रस्ताव अनुसार प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*