एमाले मधेसमा पहिलो शक्ति बन्ने ओलीको दाबी

बकैया दर्पण संवाददाता
९ आश्विन २०७९, आईतवार ०८:१७

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले विगतमा मधेसका जनताको हत्या गरेर एमालेलाई मधेसमा पस्न नदिएको आरोप लगाउनुभएको छ ।

आफू प्रधानमन्त्री भएपछि मधेसमा विकासको थालनी भएका कारण उनीहरू आत्तिएको ओलीको आरोप छ । धनुषाको विदेहमा सांसद लोसपा सांसद उमाशंकर अरगरियालाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले मधेसको पहिलो शक्ति बन्नबाट अब एमालेलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।

एमालेलाई साथ दिए मधेसको विकास हुने ओलीको भनाइ थियो । अध्यक्ष ओलीले विगतमा कांग्रेस र माओवादी मिलेर सप्तरीमा आफूहरू पुगेका बेला त्यहाँका जनताको हत्या गरेको भन्दै एमालेविरुद्ध मधेसमा फैलाइएका भ्रम अब मधेसकै जनता र जनप्रतिनिधिले तोड्ने बताउनुभयो । ओलीले रेलमार्ग सञ्चालन र विस्तारको नेतृत्व गरेकोमा एमाले सचिव तथा पूर्व भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई धन्यवाद समेत दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*