आज भएन : राष्ट्रपति भण्डारीविरुद्ध रिटको सुनुवाइ

बकैया दर्पण संवाददाता
७ आश्विन २०७९, शुक्रबार १७:१६

मकवानपुर । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा दायर भएका पाँचवटा रिटको सुनुवाइ आइतबारका लागि सरेको छ।

राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रोपटक शितलनिवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको भन्दै हिजो अधिवक्ता सुनिल रञ्जन सिंह, सागर बराल लगायतका पाँच जनाले छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार भोलि सार्वजनिक बिदा भएकाले उक्त रिटमाथि को सुनुवाइ आइतबारका लागि सरेको हो।

राष्ट्रपति कार्यालयले दोस्रोपटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन, २०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतलनिवास विरुद्ध कानुन व्यवसायीहरुको पाँचवटा रिट परेको थियो।

सो रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वर्खिलाप भएको उल्लेख गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*