अभियोग पुष्टि नहुँदै निलम्बित प्रधानन्यायाधीशलाई नजरबन्दमा राख्नु राज्यआतंकको परकाष्ठा रहेको ओलीको भनाई

बकैया दर्पण संवाददाता
६ आश्विन २०७९, बिहीबार १४:४९

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बचाउमा उत्रिनु भएको छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभियोगजस्तो विषयलाई सभामुखले ६ महिनासम्म डोरमा राखेकोप्रति आपत्ति जनाउनुभयो ।

उहाँले अहिले संसद्को नै अवधि सकिएको भन्दै महाभियोग पनि सकिएको बताउनुभयो । उनले प्रधानन्यायाधीशको छोरी घरबाट बाहिर निस्कँदा दिनभरी प्रहरी कष्टडीमा राखेको भन्दै गठबन्धनले लोकतन्त्रकै उपहास गरेको बताउनुभयो ।

उहाँले व्यक्ति प्रधानन्यायाधीश कस्तो भन्नेमा आफू नजाने भन्दै कानुनअनुसार सबैसँग व्यवहार हुनुपर्ने बताउनुभयो । ओलीले प्रधानन्यायाधीशको सुरक्षा खोसिएकोमा पनि आपत्ति जनाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*