सर्वोच्चमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध रिट

बकैया दर्पण संवाददाता
६ आश्विन २०७९, बिहीबार १४:४६

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच्च अदालतमा बिहीबार रिट परेको हो ।
संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

रिटबारे अध्ययन भइरहेकाले दर्ताको प्रक्रियामा रहेको प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । प्रवक्ता पौडेलले यो बाहेक अरू पनि रिट परेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*