बालुवाटारमा गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे पनि छलफल हुदै

बकैया दर्पण संवाददाता
५ आश्विन २०७९, बुधबार १०:४०

मकवानपुर । सत्ता गठबन्धनको बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठक बिहान ९ बजे सुरु भएको हो ।

बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो लगाउने छ ।

बालुवाटार स्रोतका अनुसार बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे समेत छलफल हुने बताइएको छ ।

सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले निर्धारित समयमा प्रमाणीकरण गर्नुभएको हो ।

संविधानको धारा ११३ को उपधारा ९४० मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*