सर्वोच्च जानै लाग्दा सरकारले लगाइदियो जबराको गेटमै ताला

बकैया दर्पण संवाददाता
२ आश्विन २०७९, आईतवार १२:०८

मकवानपुर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च फर्किनै लाग्दा सरकारले गेटमा तालाबन्दी गरिदिएको छ । उहाँले आफू अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताउनुभएको हो ।

उहाँले आफ्नो निवासको गेटमा सरकारले तालाबन्दी गरेपछि आफू अहिले निवासमै रहेको जानकारी दिनुभयो । बालुवाटार निवासमा प्रहरीको बाक्लो उपस्थित रहेको छ ।

जबराले भन्नुभएको छ कि ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ । तर, सरकारले निवासमै रोकिदियो। निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको छ।’

यस्तै सर्वोच्च प्रशासनले पनि प्रहरीलाई निलम्बन फुकुवाको पत्र नपाएसम्म अदालतमा छिर्न नदिनु भन्ने निर्देशन प्रहरीलाई दिएको जनाएको छ ।

नेपाल बार एशोसिएशनको आकस्मिक बैठकले पनि जबरालाई सर्वोच्च छिर्न नदिने र गेटमै धर्ना बस्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*