बाढी–पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारको काम गर्न गृहमन्त्रीद्धारा निर्देशन

बकैया दर्पण संवाददाता
१ आश्विन २०७९, शनिबार १२:२७

मकवानपुर । गृहमन्त्री बालकृष्ण खाँणले शनिबार बाढी र पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारको काम गर्न निर्देशन दिनुभएको छ । लगातारको वर्षापछि अछामसहित देशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परी बेपत्ता-घाइते भएकाहरु तथा प्रभावितको उद्धारमा खटिन उहाँले निर्देशन दिनुभएको हो । उहाँले आवश्यक ठाउँमा तत्काल हेलिकोप्टर पठाउन पनि गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । सरकारको प्रमुख दायित्व नागरिकको जिउ र धनको रक्षा गर्नुभएको उहाँको तर्क छ । बाढी(पहिरोमा प्रभावित भएका मानिसलाई सुरक्षित ठाउँमा सार्न र औषधी उपचार तथा खाद्यान्नको आवश्यक व्यवस्थापन गर्न कुनै कसुर बाँकी नराख्नु पर्ने उहाँको भनाइ छ । साथै जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखेर पठाउन निर्देशन समेत उहाँले दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*