महाभियोग सिफारिस समितिको प्रतिवेदनलाई आजै अन्तिम रूप दिइने

बकैया दर्पण संवाददाता
१ आश्विन २०७९, शनिबार १०:२८

मकवानपुर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ।

सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले शनिबारको बैठकले प्रतिवेदनको सम्बन्धमा निर्णय गर्ने बताउनुभएको छ। जबराले आफ्नो बयानको लिखित प्रतिमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि शुक्रबार दिनभर कर्मचारीले बयान पढ्ने र चोलेन्द्रले पानैपिच्छे हस्ताक्षर गर्ने क्रम चलेको थियो । शनिबार पनि बयानको लिखित प्रतिको बाँकी पृष्टमा जबराले हस्ताक्षर गर्नुहुनेछ। अघिल्लो बैठकमा जबराले ६५ पृष्टमा हस्ताक्षर गर्नुभएको थियो। उहाँको बयान १७४ पृष्टको छ ।

प्रवक्ता गौतमले जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएकोले आज नै त्यसलाई अन्तिम रूप दिने बताउनुभयो । जबराको सम्पत्ति विवरण पनि समितिलाई प्राप्त भएको र समितिका सदस्यले त्यसलाई हेरिरहेको उहाँको भनाइ छ ।

जबराको सम्पत्ति विवरणको सम्बन्धमा शनिबार प्रतिवेदन लेखनका क्रममा छलफल गर्ने समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*