मन्त्रिपरिषद बैठक बस्दै, संसद अन्त्यको सिफारिस गर्ने तयारी

बकैया दर्पण संवाददाता
३१ भाद्र २०७९, शुक्रबार १०:५९

मकवानपुर । मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजे बैठक बोलाइएको छ । सरकारले प्रतिनिधिसभाको कार्यकाल भोलि शनिबार मध्यरातिदेखि अन्त्य गर्ने तयारी गरेको छ ।

आजको बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यको सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जनाकारी दिएका छन् । ‘सरकारले संसद्को कार्यकाल लम्ब्याउन लागेको गलत सन्देश गएकाले समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनबाटै राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको हो,’ ती मन्त्रीले जानकारी दिएका छन् ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने कार्यक्रम असोज २ र ३ का लागि तय गरिएको छ ।
आ योगले बन्दसूची बुझाउने अघिल्लो दिन नै संसद्को कार्यकाल सकिने जानकारी गराइसकेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*