प्रधानमन्त्री देउवा र चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सुबीच आज भेटवार्ता हुँदै

आजै ओली र प्रचण्डसँग पनि भेटवार्ता गर्दै
बकैया दर्पण संवाददाता
२८ भाद्र २०७९, मंगलवार १०:२७

मकवानपुर । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

उहाँले आजै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम समेत रहेकाे छ । उहाँले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेकाे छ ।

लिले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्नुहुनेछ । यसअघि साेमबार उहाँले सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । वार्तापछि सभामुख सापकोटाले लिको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको थियो । यसैबीच, लीको सुरक्षाका लागि भन्दै कठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको छ ।

जसका कारण उपत्यकाका ३ वटै जिल्लामा ट्राफिक ब्यवस्थामा समेत समस्या भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*