बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक जारी

बकैया दर्पण संवाददाता
२७ भाद्र २०७९, सोमबार ११:३३

मकवानपुर । सत्ता गठबन्धनका शीर्ष नेताहरुकाे बैठक साेमबार पनि बसिरहेकाे छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटकाे विषयमा सहमति जुटाउनका लागि शीर्ष नेताहरु नै जुटेका हुन् । गठबन्धनको कार्यदलले कसलाई कति सिट बाँड्ने भन्ने निक्र्यौल गर्न नसकेपछि शीर्ष नेताहरु नै अघि सरेका हुन् ।

कार्यदलले प्रतिनिधि सभा सदस्यका १ सय ६५ सिटमध्ये ९० सिटमा मात्रै सहमति जुटाएको गठबन्धनका एक नेताले बताए । कार्यदलले सहमति जुटेका क्षेत्र र विभिन्न पक्षले दावी गरेका क्षेत्रहरु छुट्याएर नेताहरुलाई सुझाव दिएको छ । समानुपातिक तर्फको मनोनयन गर्ने दिन नजिकिंदै गर्दा सत्तारुढ दललाई सिट बाँडफाँटलाई निष्कर्षमा पुर्याउन अप्ठ्यारो भईरहेको छ ।

आइतबार गठबन्धनका शीर्ष नेताहरूको करिब ४ घण्टा बसेको बैठकमा नेताहरूले आ–आफ्नो पार्टीगत अडान कायमै राखेपछि बैठक निष्कर्षमा पुग्न सकेको थिएन। बैठकमा सिट बाँडफाँटको लागि गठित कार्यदलले हालसम्म भएका प्रगतिबारे शीर्ष नेतालाई जानकारी गराएको थियो ।

बैठकमा सिट बाँडफाँटको लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*