संघीय संसदको दुवै सदनको बैठक बस्दै

बकैया दर्पण संवाददाता
२१ भाद्र २०७९, मंगलवार १०:१८

मकवानपुर । संघिय संसदको दुवै सदनका बैठक आज मंगलबार बस्दैछ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १२ः५९ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । विधेयक आजै संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

यस्तै, राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘बिमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्ततु गर्नुहने कार्यसूची छ । कृषि तथा पशपुन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘पशुस्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस’, भन्ने प्रस्ताव प्रस्ततु गर्नुहुने र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने कार्यसूची छ । यसैगरी, गृहमन्त्री बालकृष्ण खांणले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ‘कारागार विधेयक, २०७६’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्ततु गर्नुहुने र सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने कार्यसूची छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*