प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

बकैया दर्पण संवाददाता
१९ भाद्र २०७९, आईतवार १४:०१

मकवानपुर । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुट्न नसकेको बेला दुई नेताबीच बिहान छलफल भएको हो । आज दिउँसो ३ बजे सिट बाँडफाँटबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुनु अघि उहाँहरुबीच छलफल हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेसले एक सय सिट दाबी गरे पनि घट्ने सम्भावना छ । सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुङ्ग्याउने तयारी गरेका छन् । सिट बाँडफाँटबारे लामो समयदेखि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुँदै आए पनि सहमति हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*