महाभियोग प्रस्ताव निष्कृय भइसके पनि संसदको सम्मानका लागि मात्रै आएको राणाको दावि

बकैया दर्पण संवाददाता
१५ भाद्र २०७९, बुधबार १३:५६

मकवानपुर । निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूमाथिको महाभियोग निष्कृय भइसकेको दाबी गर्नुभएको छ ।

महाभियोग सिफारिस समितिमा बुधबार सोधपुछको जवाफ दिने क्रममा उहाँले महाभियोगका सम्बन्धमा संसदको नियमावलीको नै पालना नभएको भन्दै उहाँले भन्नु भएको छ, ‘महाभियोग स्वतः निष्कृय भइसकेको छ । म नागरिकको रूपमा संसदको सम्मानका लागि मात्रै यहाँ आएको हु ।’

न्यायपालिकालाई नै कमजोर बनाउन खोजिएको आरोप पनि प्रधानन्यायाधीश जबराले लगाउनुभएको छ । ‘प्रधानन्यायाधीशलाई कमजोर बनाएर समग्र न्यायपालिकालाई नै कमजोर बनाउन खोजियो’, उहाँले भन्नुभयो ।

उहाँले आफू विधि र पद्धतिबाट आएको भन्दै ‘राजनीतिक दल र सञ्चारमाध्यमको दबाबमा काम गर्दिन’ भन्नु भएको हो । यस्तै, महाभियोग सिफारिस समितिमा बुधबार सोधपुछको क्रममा जवाफ दिँदै सांसदहरू आफूभन्दा पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजेको आरोप लगाउनु भएको हो ।

‘त्यसका लागि मलाई महाअभियोग लगाइयो’, उहाँले भन्नुभयो, ‘दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन यो सबै गरिएको हो । मसँग पनि तीन-चारपटक उनलाई प्रधानन्यायाधीश बनाउन बाटो खोल्न भन्दै आएका थिए। मैले यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको हुँ ।’

महाभियोग सिफारिस समितिले राणासँग सोधपुछ गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*