चोलेन्द्र शमशेर जबरा बयान दिन सिंहदरबारमा

बकैया दर्पण संवाददाता
१५ भाद्र २०७९, बुधबार १२:३१

मकवानपुर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिमा बयान दिन समितिको बैठकमा उपस्थित हुनु भएको छ । सिंहदरबारमा बस्ने समिति बैठकमा बयान दिन जबरा संसद् सचिवालय पुग्नु भएको छ ।

अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै सत्ता गठबन्धनले जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि उनी निलम्बित हुनु भएको थियो।

उहाँमाथि लागेका आरोप सम्बन्धमा समितिले स्पष्टीकरणको अवसर दिनेछ। साथै नेपाल बारले बुझाएको ३५ बुँदे प्रमाण सम्बन्धमा समिति सदस्यहरूले उहाँसँग बयान लिनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*