गिरिको पार्थिव शरीरमा कांग्रेसको झण्डा ओडाएर श्रद्धाञ्‍जलि

बकैया दर्पण संवाददाता
५ भाद्र २०७९, आईतवार १३:१२

मकवानपुर । शनिबार साँझ निधन भएका नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको पार्थिव शरीरमा कांग्रेश सभापति तथा प्रधानमन्त्रीले कांग्रेसको झन्डा ओडाएर श्रद्धाञ्जली दिनुभएको छ ।

सानेपास्थित पार्टी कार्यलयमा राखिएको गिरिको पार्थिव शरिरमा कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का तथा धनराज गुरुङले पार्टीको झन्डा ओडाउनुभएको थियो ।
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका नेता गिरिको अस्पतालमै शनिबार राति ९:३० बजे निधन भएको थियो ।
स्व गिरीको पार्थिव शरीर अहिले बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिएको थियो भने ११:३० बजेदेखि दिउँसो २:०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*