कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

बकैया दर्पण संवाददाता
५ भाद्र २०७९, आईतवार १०:१५

मकवानपुर । नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले बिहान १०ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । क्यान्सरबाट पीडित गिरीको शनिबार राति उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

उहाँको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । गिरीको पार्थिव शरीर बिहान ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा राखिने र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेसम्म राखेर श्रद्धाञ्जली दिने कार्यक्रम रहेको पनि नेपाली कांग्रेसले जनाएको छ । श्रद्धान्जली कार्यक्रमपछि शवयात्रासहित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*