माओवादी केन्द्रको पदाधिकारी टुंगो लागेन, अर्को बैठक शनिबार

बकैया दर्पण संवाददाता
३ भाद्र २०७९, शुक्रबार १३:४२

मकवानपुर । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिना निष्कर्ष सकिएको छ। शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले पदाधिकारी टुंगो लगाउने भनिए पनि बैठक निष्कर्ष बिना नै सकिएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको बारेमा लगभग टुंगो लागि सकेपनि निर्णय भने भइनसकेको जानकारी दिनुभयो ।

उहाँले आगामी निर्वाचनको विषयमा पनि बैठकमा विस्तृत छलफल भएको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण पनि पदाधिकारीको टुंगो लाग्न नसकेको बताउनुभयो । माओवादी केन्द्रको बैठक केही दिन यता पदाधिकारी टुंगो लगाउने भन्दै निरन्तर बसिरहेको छ ।

यद्यपी पदाधिकारीको टुंगो भने विविध कारण वश लाग्न सकेको छैन । पार्टी स्थायी कमिटीको अर्को बैठक शनिवार १ बजेका लागि बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*