माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

बकैया दर्पण संवाददाता
१ भाद्र २०७९, बुधबार १०:४४

मकवानपुर । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बुधबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बुधबारको बैठकमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका शर्तहरुको बारेमा छलफल हुने बताइएको छ । साथै आगामी निर्वाचनको बारेमा पनि छलफल हुनेछ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार पनि बसेको थियो । मंगलबारको बैठकले डा. बाबुराम भट्टराई र बामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नै चुनाव चिन्ह दिएर चुनावमा जान दिने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*