महाभियोग सिफारिस समितिको बैठक बस्दै

बकैया दर्पण संवाददाता
१ भाद्र २०७९, बुधबार १०:४३

मकवानपुर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक आज बुधबार बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेछ । बैठकमा प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा छलफल हुने छ । महाभियोग सिफारिस समितिका सचिव लक्ष्मी गौतमले बुधबारको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका एजेन्डा रहेको जानकारी दिनुभयो । समितिको पहिलो बैठक बसेको ७ दिनभित्र महाभियोग लागेका संवैधानिक पदाधिकारीलाई सफाइ प्रस्तुत गर्न बोलाउनुपर्ने कानुनी प्रावधान छ । जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा पर्नुभएको थियो । समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा। शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*