सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

बकैया दर्पण संवाददाता
३१ श्रावण २०७९, मंगलवार ११:५९

मकवानपुर । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक जारी छ । संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपतिले संसदमा विधेयक फिर्ता गरेसँगै नागरिकका समस्या सम्बोधन हुने बाटो बन्द भएकाले छिटो निकास दिनुपर्ने बाध्यता सत्ता गठबन्धन सामु छ । यस्तै आगामी निर्वाचनमा हुने गठबन्धनको विषयमा पनि छलफल हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*