देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने अध्यक्ष दाहालको भनाई

बकैया दर्पण संवाददाता
३० श्रावण २०७९, सोमबार १६:१५

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनु आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले नेपालको विकासको स्वरुप आफ्नै प्रकारको हुनुपर्ने बताउनुभयो । नेपाली मोडेलले नै देशको विकास हुनुपर्ने भन्दै देशको इतिहास, भुगोल, संस्कृति र जातिय बनावट अनुकुल नेपाली स्वरुपको विकास गर्न सक्नुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवद्र्धन गर्ने र आयात प्रतिस्थापन गर्ने लगायतका काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मानिसहरुको जीवन सरल र सहज बनाउनको निम्ति कला र संस्कृतिको ठूलो भुमिका हुने बताउनुभयो । कला र संस्कृतिले मानिसलाई सफल जीवन जिउनका लागि प्रेरणा दिने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*