देशभरका नासु आन्दोलन आज पनि जारी

बकैया दर्पण संवाददाता
२९ श्रावण २०७९, आईतवार १३:४९

मकवानपुर । कर्मचारीको वृत्ति विकासलगायत माग राख्दै देशैभरका नायव सुब्बाहरू आन्दोलित भएका छन् । आइतबार नासुहरूले सिंहदरबारमा ‘काम गर्दा सधैं नासु तर झार्नुपर्ने आँशु’ लेखेको प्लेकार्डसहित आन्दोलन गरिरहेका छन् ।

सिंहदरबारस्थित विभिन्न मन्त्रालय र तीनै तहका सरकार अन्तर्गत कार्यालयमा कार्यरत नासुहरूले चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन् । यस अघि पेन डाउन, बिदा बस्दै आएका थिए । नासु लगायत राजपत्र अनङ्कित कर्मचारीको वृत्ति विकासमा सरकारले ध्यान दिनुपर्ने माग रहेको निजामति कर्मचारी युनियनका उपमहासचिव इन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘योग्यता पुगेका राजपत्र अनङ्कित कर्मचारीले पनि सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरियोस् ।’ उहाँहरूले संघीय निजामती सेवा ऐन छिटो जारी गर्नुपर्ने पनि बताएका छन् । साथै साउन ३० भित्र आफूहरूले उठाएका माग पूरा गरिनुपर्ने उहाँहरूको माग छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*