प्रतिनिधि सभाको बैठक बस्दै

बकैया दर्पण संवाददाता
२९ श्रावण २०७९, आईतवार ०८:०२

मकवानपुर । प्रतिनिधि सभाको बैठक आज आइतबार बिहान ११ बजे बस्दैछ ।

आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बिमा विधेयक, २०७५ माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । साथै अर्थमन्त्री शर्माले नै यो विधेयक पारित गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुन्छ । यसैगरी, अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल गरियोस भनी प्रस्ताव पेस हुने कार्यसूची पनि रहेको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा राष्ट्रियसभाको सन्देशसहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । संसद सचिवालयका अनुसार, आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*