कांग्रेस असन्तुष्ट पक्षले प्रचण्ड विरुद्ध उम्मेदवारी दिने

बकैया दर्पण संवाददाता
२९ श्रावण २०७९, आईतवार ०८:०१

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नेपाली कांग्रेस चितवनको असन्तुष्ट पक्षले उम्मेदवारी दिने तयारी गरेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले चितवन क्षेत्र नम्बर ३ बाट दाहाललाई उम्मेदवार बनाउने निश्चित भएकाले कांग्रेस असन्तुष्ट समूहले उम्मेदवारी दिने तयारी गरेको हो ।

शनिबार भरतपुरमा आयोजित कार्यक्रममा असन्तुष्ट समूहका नेताहरुले रुखमा भोट हाल्न नपाउने अवस्थामा विद्रोही उम्मेदवार खडा गर्ने बताएका हुन । सो समूहले आगामी भदौ २४ गते वीपी कोइरालाको जन्म जयन्तीका दिन उम्मेदवारी घोषणा गर्ने बुझिएको छ । समूहका नेता एवं कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले अरु कोही तयार नभए आफैं उम्मेदवार बन्ने घोषणा गर्नुभयो । ‘कांग्रेसका मतदाताले चुनाव चिन्हमा रुखमा मत हाल्न नपाउने अवस्था फेरि आएमा म कांग्रेसका तर्फबाट चुनाव लड्न तयार छु,’ नेता सापकोटाले भन्नुभएको छ । यस्तै, चितवन कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठले पनि आफूहरु पछि नहट्ने प्रष्ट पार्नुभएको छ । गत स्थानीय चुनावमा कांग्रेसको असन्तुष्ट समूहले भरतपुरको मेयरमा दाहालकी छोरी रेनु विरुद्ध जगन्नाथ पौडेललाई उम्मेदवार बनाएको थियो । पौडेलले १५ हजार मत ल्याउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*