निर्वाचन पहिल्यै गठबन्धन बनाएकोप्रति ओलीको असन्तुष्टि

बकैया दर्पण संवाददाता
२८ श्रावण २०७९, शनिबार १६:५१

मकवानपुर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन किन विस्तार गर्नुपरेको हो भनेर प्रश्न गर्नुभएको छ । लोकतान्त्रिक शेर्पा संघको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै निर्वाचन पहिल्यै गठबन्धन बनाएको प्रति असन्तुष्टि जनाउनुभएको हो ।

ओलीले एक्लाएक्लै चुनाव लड्ने र चुनावपछि सरकार गठनका लागि गठबन्धन बनाउनुपर्ने भए पनि एमालेलाई रोक्न गठबन्धन भइरहेको बताउनुभएको हो । ‘पाँच दलीयले नपुगेर अझ गठबन्धन विस्तारका लागि कुदिराख्या छन् । यो गठबन्धन किन बनाउनुपर्यो, यति साह्रो गठबन्धन किन बनाउनुपर्यो र ?, ‘चुनावमा आफ्नो गठबन्धन लिएर जानुपर्ने र चुनावपछि कसको सरकार बनाउने भन्ने गठबन्धनमा जानुपर्ने उहाँको भनाइ थियो । ‘एमालेलाई बहुमत ल्याउन रोक्नका लागि यो गठबन्धन हो,’ उहाँले थप्नुभयो ।

एमालेले देशको विकासका योजना लिएर अगाडि बढेको बताउँदै ओलीले त्यसबाट आत्तिएकाहरू गठबन्धन बनाउन लागेको बताउनुभयो । एमाले सरकार बनाएर मुलुकमा जनताका इच्छा, आवश्यकताहरूलाई बुझेर यिनीहरूलाई पूरा गर्न, देशबाट गरिबी, असमानता, भेदभाव हटाउने सामाजिक न्याय र समृद्धिको चाहनालाई पूरा गर्नका लागि जित्नपर्ने बताउनुभयो ।

एमालेले संविधान र कानुन बमोजिम सुशासन कायम गर्दै शान्ति र सुरक्षा व्यवस्था कायम गर्ने एवं भ्रष्टाचार नियन्त्रण गर्ने योजना रहेको ओलीले बताउनुभयो । देशलाई शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासनको बाटोमा देशलाई अगाडि लैजानबाट रोक्न गठबन्धन बनाइएको ओलीको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*