एमाले सचिवालय बैठक बस्दै

बकैया दर्पण संवाददाता
२६ श्रावण २०७९, बिहीबार १०:३९

प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । चुनावी रणनीति बारे छलफल गर्न बैठक आज मध्यान्ह १२ बजे बोलाइएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो।

‘स्थानीय चुनावको समीक्षा, समसामयिक राजनीतिक, आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रणनीतिका विषयमा सचिवालय बैठकमा छलफल हुनेछ,’ उपाध्यक्ष शाक्यले भन्नुभयो । यस्तै आजको बैठकले केन्द्रिय कमिटी कहिले बस्ने भन्ने पनि मिति तय गर्ने छ । एमाले केन्द्रीय सचिवालयमा अध्यक्षसहित १९ पदाधिकारी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*