एमालेले गरायो निर्वाचनका लागि दल दर्ता

बकैया दर्पण संवाददाता
२४ श्रावण २०७९, मंगलवार १५:१८

मकवानपुर । नेकपा एमालेले प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

मंगलबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ता गराउनुभएको हो । दल दर्तापछि एमाले उपमहासचिव ज्ञवालीले आगामी निर्वाचनमा एमाले गठबन्धन बनाएर चुनाव नलड्ने बताउनुभयो । ज्ञवालीले विचार र एजेन्डा मिल्नेहरूसँग कहीँ कतै तालमेल हुनसक्ने जिकिर गर्नुभयो ।

निर्वाचनमा दलहरूका आफ्ना बिचारहरू जनतामाझ लगेर जनमत लिनुपर्ने भए पनि अहिलेको देखिएको गठबन्धनको प्रवृत्ति लोकतन्त्रका लागि दीर्घकालीन रूपमा स्वास्थ्यकर नरहेको उहाँले बताउनुभयो । ज्ञवालीले कांग्रेस जस्तो कुनै समयमा दुई तिहाइ बहुमत ल्याएको पार्टी अहिले तालमेल नगरी एउटा पनि निर्वाचन क्षेत्रमा लड्न नसक्ने अवस्थामा पुग्नु राम्रो नभएको धारणा पनि राख्नुभयो । बलियो दललाई गठबन्धन आवश्यक नपर्ने र कमजोर मात्रै गठबन्धन बनाएर जाने गरेको उहाँको भनाइ छ । आगामी निर्वाचनमा हालसम्म निर्वाचन आयोगमा १० वटा दलले दर्ता गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*