अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका नेताहरूबीच भेटवार्ता

बकैया दर्पण संवाददाता
२४ श्रावण २०७९, मंगलवार १४:५६

मकवानपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूबीच भेटवार्ता भएको छ ।

जापानको राजधानी टोकियोस्थित पार्टी मुख्यालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धलाई सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्ने विषयमा छलफल भएको छ । यस्तै, स्थानीय शहर र नगरहरूबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारको क्षेत्रमा जापान सरकारबाट हुँदै आएको सहयोगलाई अझ वृद्धि गर्दै जाने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता, पूर्वमन्त्रीहरू, सांसदहरू र नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निक्कइसँग पनि भेटवार्ता गर्नुभएको छ । दाहाल शुक्रबार राति पोखराका लागि प्रस्थान गर्नुभएको थियो । उहाँ भोलि स्वेदश फर्कँदै हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*