प्रधानमन्त्री देउवालाई लोसपाका नेताहरुले भेट्दै

बकैया दर्पण संवाददाता
२२ श्रावण २०७९, आईतवार १५:५६

मकवानपुर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक सकिएको छ । बैठकले चुनावी तालमेलका लागि दलहरूसँग छलफल गर्ने अधिकार लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । बानेश्वरस्थित संसद भवनमा बसेको लोसपा संसदीय दलको बैठकमा चुनावी गठबन्धनको विषयमा छलफल भएको थियो । अहिलेसम्म कुनै दलसँग गठबन्धन गर्ने भनि छलफल तय नभएको र छलफल गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष ठाकुरलाई दिएको उक्त पार्टीका सांसद अकवाल मियाँले बताउनुभयाो ।

गठबन्धनको बारेमा छलफल गर्ने जिम्मेवारी पाएका अध्यक्ष ठाकुरले आजै प्रधानमन्त्री देउवासँग भेट्न लागेको सांसद मियाँले जानकारी दिनुभयो । बैठकमा सरकारको विषयमा भने कुनै छलफल नभएको बताउँदै उनले सरकारमा जाने विषय १० महिनादेखि चर्चामा भएको तर लोसपा मधेशको मुद्दाका लागि अडानमा रहेकाले सरकारमा नगएको बताउनुभयो । उहाँले लोसपाको सरकार जाने सम्भावना अझै नटरेको बताउँदै त्यसका लागि सरकारले मधेशका मागहरु पुरा गर्नुपर्ने अडान कायमै रहेको बताउनुभयो । आफूहरुले राखेको मागका विषयमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवासँग कुरा राख्ने समेत उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*