आइतबारदेखि दल दर्ता सुरु

बकैया दर्पण संवाददाता
१९ श्रावण २०७९, बिहीबार १६:१९

मकवानपुर । सरकारले संघीय र प्रदेश सभाको चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो । संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्ने व्यवस्था अनुरुप सो प्रक्रिया आइतबारबाट सुरु गर्न लागेको आउोगले जनाएको छ । निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताका लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।

यस्तै, आयोगले मतदाता नामावली संकलन स्थगित भएको जनाएको छ । शुक्रबारदेखि नै मतदाता नामावली संकलन स्थगित आयोगले जनाएको छ । आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*