मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

बकैया दर्पण संवाददाता
१९ श्रावण २०७९, बिहीबार १४:३०

मकवानपुर । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने सहमति गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*