सरकारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

बकैया दर्पण संवाददाता
१८ श्रावण २०७९, बुधबार १०:३५

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र मन्त्रालयका सचिवहरुलाई सरकारको काम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

मंगलबार सिंहदरवारमा आयोजित मन्त्री र सचिवहरुको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले सरकारका कार्यक्रम र बजेट कार्यान्वयन लगायतका विषय प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

बैठकमा सरकारको एक वर्षको कार्यकालमा भएका कामकारबाहीको समीक्षा समेत भएको छ । बैठकमा प्रधानमन्त्री देउवाले सरकारी कार्यक्रमको कार्यान्वयनको स्थिति के कस्तो रहेको छ भन्ने बारेमा पनि सम्बन्धित मन्त्री र सचिवसँग जानकारी लिनुभएको थियो ।

प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरुलाई जनताको अपेक्षा अनुसार प्रभावकारी काम गर्न पनि निर्देशन दिनुभएको छ । वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्ने सम्वन्धमा मन्त्री र सचिवहरूलाइ प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*