विप्लवलाई भड्काएर सरकारले शान्ति बिथोल्न खोजेको एमालेको आरोप

बकैया दर्पण संवाददाता
१७ श्रावण २०७९, मंगलवार १५:२३

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ललितपुर जिल्ला अदालतले विप्लवसहित नेकपा नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले केपी ओली सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर शान्ति बिथोल्न खोजेको आरोप लगाउनुभयो । उहाँले हिंसाको बाटोमा हिँडेको विप्लव समूहलाई ओली सरकारले तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा ल्याएको थियो भन्नुहुदै तराईको सिके राउतलाई पनि शान्ति प्रक्रियामा आइसकेपछि जनतामा पर्न गएको हिंसाको डर अन्त्य भएको बताउनुभयो ।

उहाँले अघिल्लो सरकारले गरेको कामलाई निरन्तर अघि बढ्न पर्नेले अनेक बहानामा काटेको पत्र फिर्ता लिन माग गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*