सरकारी वेतनधारीलाई तत्काल दलीय सदस्यता त्याग्न निर्वाचन आयोगको निर्देशन

बकैया दर्पण संवाददाता
१६ श्रावण २०७९, सोमबार १०:३७

मकवानपुर । निर्वाचन आयोगले सरकारी वेतनधारीहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । सार्वजनिक पदमा बसेर सरकारी बेतन लिनेहरु राजनीतिक दलको सदस्य बन्न नमिल्ने भन्दै आयोगले सदस्यता लिएको भए तत्काल त्याग्न भनेको हो । आयोगले बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीहरू राजनीतिक दलको सदस्य रहेको गुनासो आएपछि निर्देशन दिनुपरेको आयोगको भनाइ छ ।

संविधान र कानूनअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिहरू कुनै पनि दलको सदस्य हुन नसक्ने भएकाले आयोगले त्यस्तो पाइए तत्काल कारबाहीका लागि पनि संघ, प्रदेश र स्थानीय तहका सरकारलाई निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*