कोरोना संक्रमितको संख्या र आईसीयूमा उपचार गराउनु पर्ने बढे

बकैया दर्पण संवाददाता
१४ श्रावण २०७९, शनिबार ०९:१९

मकवानपुर । नेपालमा कोरोना भाइरस संक्रमितको ग्राफ उकालो लाग्दै गर्दा आईसीयू तथा भेन्टिलेटरमा उपचार गर्नुपर्नेको संख्या पनि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार हाल देशभर आईसीयूमा ३४ र भेन्टिलेटरमा पाँच संक्रमितको उपचार भइरहेको छ । आईसीयू र भेन्टिलेटरमा उपचार गराउनु पर्ने संक्रमित बढेको मात्र छैन, संक्रमणबाट मृत्यु समेत हुन थालेको छ ।

मन्त्रालयको विवरण अनुसार ९१ प्रतिशतले कोभिड विरुद्धको खोप लगाइसकेको अवस्थामा पनि संक्रमणबाट आईसीयुमा उपचार गराउनु पर्ने संक्रमित बढ्नुका साथै मृत्यु समेत भएको देखिएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता तथा आपतकालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुख डा. समीर अधिकारी पनि संक्रमण बढ्दै गएको अवस्थामा पुनस् आईसीयूमा बिरामी बढेको बताउनुहुन्छ । प्रारम्भिक विश्लेषणमा खोप नलगाएकामा कडा लक्षण देखिएको अनुमान गरिए पनि पूर्ण रूपमा किन यस्तो भइरहेको छ भनेर खोजी गरिरहेको उहाँले बताउनुभयो ।

खोप लगाए पनि दीर्घरोगी र जेष्ठ नागरिकलाई गाह्रो

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्ट्यान फिजिसियन डा. विमल शर्मा चालिसे पछिल्ला दिनमा संक्रमण भएर कडा लक्षण देखिएर आईसीयूमा उपचार गर्नु पर्ने धेरै संक्रमित दीर्घ रोगी र ६० वर्षमाथिका भएको बताउनुहुन्छ । यस्तै दीर्घ रोग भएर कडा लक्षण देखिएकाहरूले पूर्णरूपमा कोभिडविरुद्ध खोप लगाएको भए पनि कडा लक्षण देखिएको पाइएको समेत डा. चालिसेले बताउनुभयो । हाल टेकु अस्पतालमा आईसीयूमा पाँच र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*