महंगीविरुद्ध राप्रपाले शनिबार देशव्यापी विरोध गर्दै

बकैया दर्पण संवाददाता
१४ श्रावण २०७९, शनिबार ०९:१५

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०ले आज देशव्यापी संघर्षको कार्यक्रम गर्दैछ । महंगी, भ्रष्टाचार र कुशासनको विरुद्ध देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रर्दशनको कार्याक्रम गर्न लागेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।

राप्रपाले गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रष्टाचारको अन्त्य, महंगी नियन्त्रण लगायत विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको थियो । सरकारले सोही माग पुरा नगरेको भन्दै राप्रपाले संघर्षको कार्यक्रम सुरु गरेको हो । मागमा भ्रष्टाचारको अन्त्य, महंगी नियन्त्रण, किसानलाई समयमा नै मल, बीउ उपलव्ध गराइनु पर्ने लगायतका जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरु छन् । २२ बुँदे ज्ञापनपत्रमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन र सम्बृद्धिको निमित्त पनि राप्रपाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।

माग सम्बोधन गरिदिन भन्दै दबाबस्वरूप असार १३ देखि ३१ गतेसम्म पहिलो चरणको संघर्षको कार्यक्रम गरेको थियो । उक्त कार्यक्रमलाई सरकारले वेवास्ता गरेको भन्दै साउन ५,६ र ७ गते गते बसेको राप्रपाको केन्द्रीय समिति बैठकले पुनः संर्घषको कार्यक्रम तय गरेको हो । सोही निर्णय अनुसार आज पनि देशव्यापी आन्दोलन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । दोस्रो चरणको पहिलो कार्यक्रम अर्न्तगत साउन ११ महंगीविरुद्ध थाल ठटाएर विरोध प्रर्दशन गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*