प्रधानमन्त्री देउवा र अमेरिकी नेता लु बीचको दिउँसो साढे ३ बजे भेटवार्ता तय

बकैया दर्पण संवाददाता
१३ श्रावण २०७९, शुक्रबार १४:५६

मकवानपुर । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने तय भएको छ । दिउँसो साढे ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । हिजो नेपाल भ्रमणमा आएका लुले आज उच्चस्तरीय भेटवार्ता गरीरहनुभएको छ ।

उहाँले आजै परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग पनि भेटवार्ता गर्ने जनाईएको छ ।

नेपालमा अमेरिकी कार्यक्रम ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)’ को मुद्दा पेचिलो बनिरहेका बेला लु नेपाल भ्रमणमा आई पुग्नुभएको हो । उहाँ हिजो काठमाडौँ आईपुग्नुभएको थियो । विदेशमन्त्री लु एमसिसी पास गर्नुअघि पनि नेपाल आउनुुभएको थियो ।

एसपिपी अघि नबढाउने भनी मन्त्रिपरिषद्ले निर्णय गरेको महिना दिन नाघिसक्दा पनि स्वीकार गर्न दबाब दिँदै आएको अमेरिकाका उच्च प्रतिनिधि नेपालमै आएर उच्चस्तरीय भेटवार्ता गर्न थालेपछि आशंका उब्जिएको छ । नेपालले एसपिपी स्वीकार नगर्ने भनेर मन्त्रिपरिषद बैठकबाटै निर्णय गरे पनि औपचारिक रुपमा पत्र भने पठाएको छैन । सरकारले यसको दोष परराष्ट्र मन्त्रालयलाई पन्छाउँदै आएको छ भने परराष्ट्र पनि एसपिपीको पत्र पठाउन बाहिर भनिएजस्तो सहज नभएको प्रतिक्रिया दिइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*