कार्यपालिकाको सर्वोच्च निकायको निर्णयमा शंका नगर्न परराष्ट्रमन्त्रीको आग्रह

बकैया दर्पण संवाददाता
१३ श्रावण २०७९, शुक्रबार १३:५८

मकवानपुर । परराष्ट्रमन्त्री डा।नारायण खड्काले एसपिपीमा सहभागी नहुने ब्यहोराको पत्रबारे विभिन्न आशंका नगर्न आग्रह गर्नुभयो । प्रतिनिधिसभा बैठकमा पत्रको व्यहोरा सार्वजनिक गर्न माग गरेपछि उहाँले यस्तो जवाफ दिनुभएको हो ।

उहाँले राज्य संचालन गर्ने क्रममा कतिपय विषयहरु राष्ट्रहित र स्वार्थको हितमा निर्णय गर्ने कुरा विश्वास गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले एसपिपीमा सहभागी नहुने भनेर अमेरिकालाई साउन ९ गते सरकारले पत्राचार गरिसकेको जानकारी सदनलाई गराउनुभएको थियो । त्यसपछि सांसदहरुले पत्रको व्यहोरा सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*