शपथसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

बकैया दर्पण संवाददाता
१२ श्रावण २०७९, बिहीबार १३:३९

मकवानपुर । राष्ट्रियसभाको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ । बिहीबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यस्तै, बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल ९पार्वती०ले राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गर्नुभयो। प्रतिवेदन पेस गर्दै उहाँले समयमै सहज र सरल रूपमा आवश्यक सामग्री नपाउँदा आयोजना निर्माणको लागत बढिरहेको विषय उल्लेख गरिएको जानकारी गराउनुभयो । राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि दक्ष र अनुभवी जनशक्ति खटाउनुपर्नेबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसअघि, बैठकको शून्य समयमा सांसदहरूले वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएकाले चाँडो खुलाउन सरकार गम्भीर हुनुपर्ने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*