राष्ट्रिय सभाको बैठक बस्दै

बकैया दर्पण संवाददाता
१२ श्रावण २०७९, बिहीबार १०:४७

मकवानपुर । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय गौरवका आयाजेना अध्ययन प्रतिवेदन २०७९’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘कारागार विधेयक २०७६’ लाई सभा समक्ष प्रस्तुत गर्ने, राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउनु हुने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘शपथसम्बन्धी विधेयक २०७८’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, ‘शपथ सम्बन्धी विधेयक २०७८’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*