एसईईको नतिजा सार्वजनिक, ९६३३ विद्यार्थीले ल्याए ३.६ देखि ४ जीपीए (हेर्ने तरिकासहित)

बकैया दर्पण संवाददाता
११ श्रावण २०७९, बुधबार १७:१५

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले भर्खरै नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका दिए ।

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ । यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ । भक्तपुरको सानोठिमीमा पत्रकार सम्मेलन गर्दै बोर्ड सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नतिजा सार्वजनिक गर्नुभएको हो । यस वर्ष सबैभन्दा बढी ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ छन् । जुन कुल विद्यार्थीको १.९४ प्रतिशत हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*