नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने पूर्व प्रधानमन्त्री ओलीको घोषणा

बकैया दर्पण संवाददाता
७ श्रावण २०७९, शनिबार १४:४१

मकवानपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गर्नुभएको छ । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी गर्नुभयो ।

उहाँले पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरूले देखाएको बाटोबाट विचलित नहुने प्रण गर्नुभयो । अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकोले पार्टीलाई अझै सशक्त बनाएर लैजने बताउनुभयो । अध्यक्ष ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरूलाई उचित सम्मान दिन नसकेको आरोप लगाउनुभयो । उहाँले भीमदत्त पन्त दगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै उहाँले कांग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुने बताउनुभयो । ओलीले पुष्पलालको जीवनको चर्चा गर्नुहुँदै नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका लागि पुर्‍याएको योगदानको चर्चा गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*