आज ४४ औं पुष्पलाल स्मृति दिवस मनाइँदै

बकैया दर्पण संवाददाता
७ श्रावण २०७९, शनिबार १०:१२

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ । वि.सं. १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा पुष्पलाल श्रेष्ठको जन्म भएको थियो ।

पुष्पलालले वि.सं. २००६ साल वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको हो । पुष्पलाल श्रेष्ठ राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका सहोदर माइला भाइ हुनुुहुन्थ्यो । पुष्पलाल श्रेष्ठले विश्व कम्युनिस्ट घोषणापत्रलाई वि.सं. २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान दिनु भएको थियो । उहाँले आफ्नो जीवनको सम्पूर्ण उर्जाशिल सयम खर्चिएर जीवनलाई नै दाउमा राख्दै स्थापना गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी विभिन्न चरणमा सत्ता र गुटगत स्वार्थमा लागेर अहिले विभिन्न टुक्रामा विभाजन भएको छ ।पुष्पलालको ५४ वर्षको उमेरमा २०३५ साल साउन ७ गते निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*